निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनामुलक कार्यक्रम सम्पन्न
तालुक नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको चलानी नं.३००९ मिति २०८०।१२।०१ गतेको आदेशानुसार प्रहरी दिवस २०८० को अवसरमा "Prevention is better than cure" भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक र पर्चा पम्पलेट वितरण कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अधिक्तम सहभागि गराई सामान्य तथा Highly Prevalent Diseases (उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, खाने मुखको क्यान्सर, पाठेघर सम्बन्धि रोगहरु आदी) सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनामुलक कार्यक्रम सम्बन्धमा मिति २०८०।१२।०७ गते तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई पायक पर्ने कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा १ दिने निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनामुलक कार्यक्रमको लागि तालुक नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंबाट खटि आउनु भएका प्रा.प्रहरी निरीक्षक डा.अमुदा रेग्मी र यस अस्पतालबाट अस्पताल प्रमुख प्रा.प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिन कुमार श्रेष्ठको कमाण्डमा खटिएका टोली र सुर्खेत जिल्ला स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुखहरु लगायतका चिकित्सक सहित प्रहरी कर्मचारीहरुको उपस्थितिमा संचालन भएको उक्त स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धी ३०७ जनाको निःशुल्क स्वास्थ्य चेकजाँच, चिकित्सकिय परामर्श तथा औषधी बितरण गरिएको हो ।